-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो ।
आगोमा फसेकाहरूलाई उद्धार गरिएको बताइएको छ । आगलागी बुधवार भएको थियो ।
आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।
आगो नियन्त्रणमा आइसकेको बताइएको छ ।