arrow

मेक्सिकोले इक्वेडरको दूतावासमाथि छापालाई अन्तर्राष्ट्रिय अदालतमा पुर्‍यायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
moscow-equator.jpg

काठमाडौँ । मेक्सिकोले क्विटोमा आफ्नो दूतावासमा भएको हमलालाई लिएर हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसीजे) मा इक्वेडरविरुद्ध मुद्दा दायर गरेको बिहीबार बताएको छ । 

विदेशमन्त्री एलिसिया बार्सेनाले पत्रकार सम्मेलनमा भने, “मुद्दामा मेक्सिकोले ‘अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताहरूको उल्लङ्घनलाई मान्यता दिँदै’ सार्वजनिकरूपमा माफी नमागेसम्म इक्वेडरलाई संयुक्त राष्ट्रसङ्घबाट निलम्बन गर्न अनुरोध गरिरहेको छ ।”

उनले मुद्दाको लक्ष्य ‘मेक्सिकाली राज्य र उसका नागरिकहरूलाई परेको नैतिक क्षतिको भर्पाईको प्रत्याभूति दिनु थियो’ भने । 

इक्वेडरको सुरक्षा बलहरूले आफ्ना पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई पक्रन शुक्रबार राति मेक्सिकाली दूतावासमाथि हमला गरेका थिए । घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुनुहुन्छ र उनलाई मेक्सिकोले शरण दिएको थियो । 

अभेद्य कूटनीतिक क्षेत्रमा भएको दुर्लभ घुसपैठले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गराएको छ र मेक्सिकोलाई इक्वेडरसँग सम्बन्ध तोड्नका लागि बाध्य बनाएको छ । साथै मेक्सिकोले आफ्ना कूटनीतिज्ञहरूलाई इक्वेडरबाट बाहिर निकालेको छ । 

सोही पत्रकार सम्मेलनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले अन्तर्राष्ट्रिय कानूनको प्रत्याभूति होस् भन्ने हिसाबले विश्वका कुनै पनि मुलुकले यस्तो नदोहोर्याउन् भन्ने लक्ष्य रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ