arrow

पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबाट खसे, टाउकोमा लाग्यो चोट

तीब्र गतिमा हुँइकिएको माइक्रो मोडिनेबेला ढोका खुलेर केसी फुत्त खसे

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
chitra-bahadur-kc-news-aa.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबाट खसेर घाइते भएका छन् । माइक्रोबाट खसेर टाउकोमा चोट लागेका केसीको सिनामंगस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार केसीको अवस्था खतरामुक्त रहेपनि एक दिन चित्सकले पूर्ण निगरानीमा राख्नु पर्ने भनेका छन् । केसीको टाउकोको सिटी स्क्यान र शरीरका अन्य भागको एक्सरे गरिएको पुरीले बताए ।

दिउँसो आफ्नो निजी निवास घट्टेकुलोबाट पार्टी केन्द्रीय कार्यालय कपन जान हिँडेका केसी सार्वजनिक सवारी माइक्रो चढेका थिए ।

प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार बा १ ज ६३१८ नम्बरको नीलो माइक्रोमा रहेका केसी गौशालाको ओरालोमा लडेका थिए । माइक्रो र चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएपनि छोडिदिएको छ ।

तीब्र गतीमा हुँइकिएको माइक्रोको मोडमा ढोका खुल्दा केसी फुत्त बाहिर खेसेका र उनको टाउकोमा चोट लागेको सचिव पुरीले बताएका छन् । केसी मन्त्री हुँदाबाहेक जहिले सार्वजनिक यातायात चढ्ने गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ