arrow

विश्वासको मत लिँदै महरा, साना दलको बार्गेनिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
lumbini-province-parliament-2080.jpg

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

महराले अहिले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् । 

तर पूर्व सहमति अनुसार नाउपा र जसपाले २–२ मन्त्री पाउने सहमति भएको बताउदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ