arrow

रविलाई बचाउन संसद अधिवेशन अन्त्य गरेपछि ओलीको आरोप- कांग्रेसले चल्न नदिएपछि अन्त्य भयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
kp-oli-12-30.jpg

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि सरकारले संसद अधिवेशन अन्त्य गरेको छ । 

रविलाई बचाउन संसद अधिवेशन अन्त्य भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन् । 

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले संसद अधिवेशन अन्त्य र शुरु हुने क्रम जारी रहने बताए । प्रधानमन्त्री दाहाल र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।  कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको थियो । 

सोसँगै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ