arrow

व्यक्तिगत घटना दर्ता सप्ताह मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
panchikaran-bibhag.jpg

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदैछ । व्यक्तिका व्यक्तिगत घटनाहरू तोकिएको समय अर्थात् घटना भएको ३५ दिन भित्र अनिवार्य रूपमा दर्ता गराउनुपर्छ भन्ने सन्देश आम जनमानसमा पुर्‍याउन सप्ताह मनाउन लागिएको हो । 

विभागले पत्रकार सम्मेलन गरी सन् २०२४ को अन्त्य सम्ममा सत् प्रतिशत व्यक्तिगत घटना दर्ता ९ जन्म, मृत्यु, विवाह, बसाइँ सराइ, तथा सम्बन्ध विच्छेद० गराउने लक्ष्य राखेकाले सबैलाई सबै खालका घटना दर्ता समयमै गराउन आग्रह गरेको छ । 

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंक खाता खोल्न, नाता कायम गर्न, जीवन बिमा गर्न साथै विभिन्न सरकारी सेवा, सुविधा तथा हक स्थापना गर्न आवश्यक पर्छ । 

जुन बेलामा आफूलाई चाहिन्छ त्यही बेलामा घटना दर्ता गर्दा राज्यसँग अभिलेख नहुने र अभिलेखका अभावमा राज्यले दिने सेवा सुविधाको बाडफाड, बजेट विनियोजन, नीति निर्माणमा समस्या देखिने गरेको छ । 

यही अन्योलता राज्यले बेहोर्नु नपरोस् भनी समयमा नै घटना दर्ता आवश्यक रहेको विभागमा महानिर्देशक युवराज कटेलले बताए । उनका अनुसार राज्यले प्रदान गर्ने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरोपनालाई हटाउन पनि घटना दर्ता आवश्यक छ । 

विभागका निर्देशक दिल कुमार तामाङले घटना दर्ताको महत्त्व सबैलाई बुझाउन ७५३ स्थानीय तहका ६६९१ वडा कार्यालयबाट काम भइरहेको जानकारी दिए । विभागका अनुसार हालै १५ देशका नेपाली नियोगबाट पनि घटना दर्ता सेवा दिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ