सरकारले हटायो माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
924
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सरकारले माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।
प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ ।