arrow

चिनियाँ उच्चपदस्थ अधिकारी उत्तर कोरियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
Kim-Ju-ae-kim-jong-un.jpg

काठमाडौँ । धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन र चीनका शीर्ष विधायकले शनिबार बेइजिङ–प्योङयाङबीचको सम्बन्धमा एउटा ‘नयाँ अध्याय’ को स्वागत गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा छन् । 

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उनको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ । 

बेइजिङको सरकारी समाचार समिति सिन्ह्वाका अनुसार झाओले शुक्रबार प्योङयाङमा ‘चीन–लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया मित्रता वर्ष’ को उद्घाटन समारोहमा सहभागी भएपछि किमसँग भेट गरे । 

सिन्ह्वाका अनुसार झाओले किमसँग ‘उत्तर कोरियासँगको विकास सम्बन्धलाई बलियो बनाउन र द्विपक्षीय सहयोगलाई गहिरो बनाउन’ चीन इच्छुक रहेको बताए। 

झाओले किमसँग भने, “चीन नयाँ परिणाम प्राप्त गर्न, बलियो आपसी समर्थन जारी राख्न र दुवै पक्षका साझा हितहरूको रक्षा गर्नका लागि द्विपक्षीय व्यावहारिक तथा पारस्परिकरूपमा लाभदायक सहयोगलाई बढाउन इच्छुक छ ।”

सिन्ह्वाका अनुसार जवाफमा किमले झाओसँग उत्तर कोरिया ‘परम्परागत मित्रतालाई गहिरो बनाउन र कोरिया–चीन सम्बन्धमा नयाँ अध्याय लेख्न’ इच्छुक रहेको बताए। 

सिन्ह्वाले प्रकाशित गरेको एक तस्बिरमा झाओ र किम मुस्कुराउँदै हात मिलाएको देखिएका थिए । राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ