arrow

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
public-holiday-sarwajanik-bida.jpg

धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । 

यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
 
विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । 

सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।

 आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ