arrow

इरानविरुद्ध अमेरिका र इजरेल एकै ठाँउमा, बाइडेनले बोलाए जी–७ राष्ट्रका नेतालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरेलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् । 

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।"

नेतन्याहूसँग फोनमा बाइडेनले इजरेलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहोर्‍याएका  थिए । 

उनले भने, “आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरेलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।” 

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । 

उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरेललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताए । 

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उनले भने, “अमेरिकी सेना ‘सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।”

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरेली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरेलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ