arrow

गण्डकीमा कांग्रेस रुष्ट, संसदमा द्वन्द्व हुन सक्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
surendraraj-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पोखरा । नेपाली कांग्रेसले असंवैधानिक काम नगर्न गण्डकी प्रदेश सरकारलाई चेतावनी दिएको छ । प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले संसद बैठक आह्वान गरेर विश्वासको मत लिन खोजे पनि कांग्रेसले यस्तो चेतावनी दिएको हो ।

मुख्यमन्त्री अधिकारीले बैशाख ७ गतेका लागि संसद बैठक आह्वान गरेका छन् भने १० गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । उक्त रिटसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

अदालतले मुद्दा किनारा नलाग्दासम्म सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको छ । साथै सो मुद्दामा बैशाख १० गते सोमबारका लागि पेशी तोकिएको छ ।

अदालतको आदेशलाई बेवास्ता गर्दै मुख्यमन्त्री अघि बढेपछि कांग्रेस रुष्ट बनेको हो । नेता पाण्डेले मुख्यमन्त्री आफूखुसी अघि बढ्न खोजे संसद्मा द्वन्द्व निम्तिन सक्ने र त्यसको जिम्मेवार सरकार नै हुने चेतावनी दिएका छन् ।

पाण्डेले विज्ञप्तिमार्फत भनेका छन्, ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो । यसप्रति गम्भीर सहमति जनाउँदै उनले यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्ष हुनेसमेत स्पष्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ