arrow

वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
pakistan-floods-2022.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ  । विनाशका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् ।   

 राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण  ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

 यसैगरी पूर्वी पञ्जाब प्रान्तमा  २३ जनाको ज्यान जानुका साथै  सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो  भने  अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ