पाँचथर। सालकको खपेटा सहित पाँचथरको भारपाबाट पक्राउ परेका दुई ब्यक्तिलाई मुद्धा चलाइएको छ । मंगलबार पक्राउ परेका भारपा ६ का खडक बहादुर योङहाङ र सुभाङ ३ का ६५ वर्षिय नर बहादुर योङहाङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वोही गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।
प्रहरीले विशेष सुचनाको आधारमा मेचीराजमार्गको भारपामा सालकको खपेटा (ओखेटोपहार) सेतो बोरामा पोको पारी हातामा झुण्ड्याई हिँडीरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
बरामद गरिएको अन्दाजी ५ किलो (ओखेटोपहार) सालकको खपेटा सहित पक्राउ परेका व्यक्तिहरु उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाहीको लागी जिल्ला वन कार्यालय पाँचथरमा दाखिला गरिएको छ ।