arrow

कसैलाई निषेध नगरी सबैलाई समेट्न लागेको छ सरकार : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
PM-D-sindhuli.jpeg

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई निषेध नगरी सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताएका छन् ।

सिन्धुलीको कल्पबृक्षमा विहिवार दिउँसो आयोजित जनसभामा प्रधानमन्त्री दाहालले यसो भनेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख राजनीतिक कार्यभार हो । यसमा राष्ट्रिय राजनीतिक शक्तिबीच एकताका लागि पहल भइरहेको छ । देशभित्रका कसैलाई निषेध गरेर होइन, सबैलाई सम्मान र एकतावद्ध गरेर मात्रै राष्ट्रिय एकता मजबूद बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’

सो अवसरमा प्रधानमन्त्रीले सिन्धुली जिल्लाको समग्र विकासका निम्ति आफ्नो ध्यान गएको बताउँदै सिन्धुलीमा सडक, पुल, खानेपानी, जलविद्युत, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका लागि पर्याप्त वजेटको व्यवस्था गरिने बताए ।

दाहालले गरिबका लागि सरकार, जनता पेन्सन, युवा स्वरोजगार जस्ता कार्यक्रम एवम् ठूला परियोजनाहरुको सफल कार्यान्वयनका लागि आफै पहलकदमी लिइरहेको सुनाए ।

सिन्धुलीका भुकम्प पीडितलाई तत्काल राहत दिइने बताउँदै प्रधानमन्त्री दाहालले  सिन्धुली जिल्लाका राजनीतिक दलहरुले संयुक्त रुपमा पेश गरेका जायज माग पूरा गर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको सो जनसभामा माओवादी केन्द्रका नेता एवं सांसद हरिवोल गजुरेल, पूर्व सांसद निरु दर्लामी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मासहित विभिन्न वक्ताहरुले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ