arrow

आरक्षबाट निस्केको अर्नाको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
wild-bufallow.jpeg
इनरुवा । सुनसरीको पश्चिम कुशाहा–४ मा एउटा अर्नाको बिहीबार मृत्यु भएको छ । 
 
कोसी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरन गर्नका लागि निस्केको अर्नाको बिहीबार पश्चिमकुशाहा–४ मा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 
 
स्थानीयवासीले धानबाली सुरक्षाका लागि लगाएको करेन्ट लागेर अर्नाको मृत्यु भएको स्थानीयवासीले बताए । 
 
आरक्षको कार्यालयदेखि पूर्वतर्फ करिब पाँचसय मिटरको दूरी क्षेत्रमा अर्नाको मृत्यु भएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । 
 
अर्नाको मृत्यु भएको विषयमा आफूलाई पनि जानकारी आएको तर अर्नाको शवपरीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय सुनसरीको समन्वयमा सप्तरी जिल्लाबाट डाक्टरको टोली बोलाइएको संरक्षण अधिकृत साहले बताए । 
 
अर्नाको शवपरीक्षण भएपछि मात्र के कारणले मृत्यु भएको भन्ने विषयमा थाहा हुने संरक्षण अधिकृत साहले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ