arrow

लगानी कानून संशोधन गर्न सरकारले ल्यायो अध्यादेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लगानी सम्बन्धी कानून संशोधन गर्न सरकारले अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कानून संशोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । 

यही बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि सरकारले १० कानून संशोधनको तयारी गरेको थियो । तर संसदको नियमित अधिवेशनबाट यो आउन सकेन । अहिले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो । 

यस्तै आजको बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याउने निर्णय समेत गरेको छ । यसअघि मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । नेशनल पेमेन्ट गेटवे प्रकरणमा अख्तियारले प्रतिवादी बनाएपछि उनी निलम्बित भएका थिए । 

विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ