arrow

कतारका राजा आउँदै

मंगलबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय [भिडियो]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
rekha-sharma-01-10.jpg

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा बैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलबारबाट गर्ने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको बताइन् ।

उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताइन् । त्यस्तै सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।

उनले भनिन्, ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष पेश गर्ने । राष्ट्रपतिसमक्ष यो अध्यादेश पेश भइसकेपछि यो जारी हुनेछ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनः स्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने । खास गरी पश्चिमको दुई वटा जिल्लामा भूकम्पको क्षति भयो र बझाङसहित पनि ती जिल्लाहरूलाई केन्द्रीकृत गरेर निर्णय गरिएको हो ।

कतारका राजा अमिरले भोलिदेखि नेपाल भ्रमण गर्दै हुनुहुन्छ, सो अवसरमा राजकीय भ्रमणको अवसरमा बैशाख ११ गते सार्वजनिक बिदा दिने, अर्थ सचिवमा मधुकुमार मरासिनी अदालतबाट सफाई पाएर आउनुभएको छ, उनलाई अर्थ सचिवको रुपमा सरुवा गर्ने ।’

कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू हुने पनि बताइन् । उनले पर्यटन सम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने पनि बताइन् । कतारका राजासँग नेपाललाई फाइदा हुने ढङ्गले सम्झौताहरू हुने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ