arrow

मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
khagaraj-adhikari-uml-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको सोमबारको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको थियो ।

सोमबारको सुनुवाइ नसकिएपछि यस रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।  

यसअघि यस रिटमा चैत २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाइ सोमबार गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री अधिकारीले सरकारको दाबी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेश प्रमुख सहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ