arrow

एघारौँ पटक हेर्दाहेर्दैमा नक्कली भुटानी शरणार्थी प्रकरण रिटको सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
nakkali-bhutani-sharanarthi-prakaran-17.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा सोमबार पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ । 

यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको सोमबारको सुनुवाइ पनि हेर्दा हेर्दैमा सकिएको हो । सोमबारको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट सोमबारसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ । 

तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौँ जिल्ला अदालत सहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

अढाई दर्जन आरोपीमध्ये केही अझै पक्राउ परेका छैनन् । केही थुनामुक्त भएका छन् भने केही अझै थुनामै रहेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ