arrow

स्याङ्जा सहयोग समाज पोर्चुगलमा नयाँ नेतृत्व

logo
भरत प्रधान, 
प्रकाशित २०८१ वैशाख १० सोमबार
syangja-sahayog-samaj-portugal-2024a.jpg

लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले बिपिन अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

आइतबार राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा विशाल पराजुली, तुलबहादुर गुरुङ, गणेश गैरे र क्षितिज गौचन चयन भएका छन् भने समाजको महासचिवमा ऋषि सुवेदीलाई चयन गरिएको छ । 

अधिवेशनले सचिवमा मणि सुवेदी र शेरबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा दिक्षा पौडेल र सहकोषाध्यक्षमा पुरनबहादुर कुँवरलाई चयन गरिएको छ । 

समाजका सदस्यहरुमा टापबहादुर राना, भरत थापा, अनमोल केसी, खगेन्द्र भण्डारी, खेमराज न्यौपाने, राजेश पंगेनी, शान्ता थापा, सन्ध्या आचार्य, मिना गुरुङ, प्रनिता अर्याल, अन्जु गहतराज, रबिन थापा मगर, एकेन्द्र गुरुङ, सुवास सुवेदी, गोविन्द शाही, रमेश जिटी, दुर्गा थापा, नरेश पाठक, चन्द्रमान केसी, फत्तबहादुर गुरुङ र लक्ष्मण पौडेल सर्वसम्मत चयन भएका छन् । 

समाजका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एमपी अर्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ