arrow

'भारतबाट मापदण्ड भन्दा बढी 'लेड'युक्त रंगहरु नेपाल भित्रिएका थिए'

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Satish_Sinha.jpeg
काठमाडौं।  सिसा (लेड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ । धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लेड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ । 
 
लेडको प्रयोगले छाला, हृदयघात तथा रगतजन्य रोग लाग्ने हुँदा यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन् । 
 
भारतमा लेड र रासायनीक फोहोरको क्षेत्रमा काम गरिरहेका अभियन्ता सतीश सिन्हाले भने 'भारतले रंगमा लेडको बारेमा निती बनाएको थियो। भारतमा लागु हुँने बित्तिकै भारतीय रंग कम्पनीहरुले मापदण्ड भन्दा बढी भएका लेडयुक्त रंगहरु नेपाल पठाउन थाले, हामीले त्यसको पनि बिरोध गर्‍यौं र बिस्तारै भारतले कडाई गर्‍यो र उक्त कार्य रोकिएको थियो। सायद नेपाल आउने रंगहरु सरकारको निती अनुरुप रहेका छन्।' 
 
सतीश टक्सिक्स लिंक का कार्यकारी निर्देशक रहेका छन्। उनी प्रदुशण र फोहोरका बारे अनुसन्धान र सचेतना कार्यक्रमहरु चलाउँदै आएका छन्। भारतको नगर क्षेत्रको फोहोर ब्यवस्थापन नितीमा उनले काम गरेका छन्। 
 
'ठूला रंग उत्पादक कम्पनीहरुलाई त नियन्त्रण गर्न सकिन्छ तर साना वा स्थानीय कम्पनीहरुलाई नियन्त्रण गर्न गाह्रो छ। त्यस्मा पनि सरकारले काम गर्नु पर्ने हुन्छ' उनले अगाडी भने।
 
कस्मेटिक सामग्रीमा २० पीपीएम लेड राख्न अनुमति दिइए पनि विभिन्न ब्रान्डले अत्यधिक मात्रामा यसको प्रयोग गर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ। यसरी बढी मात्रामा प्रयोग गरिएको लेडले विशेषगरी गर्भवती र बालबच्चामा बढी असर पुर्या‍उने गरेको पनि विभिन्न अध्ययनहरूले देखाएको छ । गर्भवतीले यस्ता सामग्रीको प्रयोग गर्दा गर्भनाल र दूध ग्रन्थिमार्फत् प्रवाह हुने र भ्रुण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलाका लागि लेड बढी हानिकारक रहेको जानकारहरू बताउँछन् ।
 
लेड एक प्रकारको धातु हो जुन मानव शरीरका लागि अति नै हानिकारक बस्तु हो। लेड मानव शरीरमा प्रवेश गरेपछि यसको सकारात्मक पक्ष केही पनि नरहेको बताइन्छ । यसले मानव स्वास्थ्यमा मात्रै बिषको रुपमा काम गर्ने चिकित्सकहरू बताउँछन्।
 
लेडका बारेमा सिन्हाले भने 'बच्चाहरुको सिक्ने क्षमतामा ह्रास आउँछ। बालकहरुको आइक्युमा असर गर्दा देशलाई धेरै घाटा लाग्ने गर्दछ। सायद नेपालले १-२ आईनसटाईन गुमाइसकेको पनि हुनसक्छ। लेडसँग काम गर्नेहरु सबैभन्दा बढी खतरामा रहने गर्छन्। जस्तै: ब्याट्रीसँग काम गर्ने, रंग लगाउने आदी। अहिले सजिलै लेड लेभल जाँच्न सकिन्छ।'
 
१ सय एमएल रगतमा १० माइक्रोग्राम भन्दा बढी लेड भेटियो भने यसले बच्चाको आईक्यु क्षमता घटाउन सक्छ । मानिसहरु भन्ने गर्छन मेरो पहिलो बच्चा विद्वान छ । तर, दोस्रो बच्चा भने मन्दबुद्दीको, यो भगवानले पनि के दिए । हुनसक्छ उसको दोस्रो बच्चा लेडसँग जोडिएको थियो होला । सबैभन्दा पहिले महिला र बच्चा लेडबाट बच्नुपर्छ । लेड क्याल्सियमसँग लड्ने गर्दछ ।
 
'म नेपाल, श्रीलंका रबंगलादेशमा यस क्षेत्रमा काम गरिरहेको छु। भारतमा सन् १९९८ देखि काम गर्न थालेको हुँ। भारतमा काम गर्दा के थाहा भयो भने आफ्नो देश मात्र सफा गर्दा छिमेकी देशमा हुने त्यस्ता गतिविधी पनि रोक्नु पर्ने हुन्छ भनेर अरु देशमा पनि लेड रोक्न सकेमा पुरै क्षेत्रको सुधार हुनेछ। हामीले सन् २००९ देखि नेपालमा काम गर्न थालेका हौं।' सिन्हा भन्छन्।  
 
'हामीले शुरुमा काम गर्दा कुनै पनि सरकारहरुसँग लेडको असर बारे कुनै जानकारी थिएन नत कुनै तथ्यांक नै थियो। हामीले काम गर्न शुरु गरेपछि बिस्तारै सरकारहरुले कुरा बुझन थाले। नेपाल पहिलो देश हो जस्ले लेडको बारेमा निती बनाएको थियो।' सिन्हाले भने।
 
बच्चाहरुको स्वास्थ्यमा हुन सक्ने खतरा तर्फ ईंगित गर्दै उनले भने- 'घरमा लागेका रंगहरुको धुलो बच्चाहरुको शरिरमा सजिलै प्रवेश गर्ने भएको हुनाले बच्चाहरुलाई स्वास्थ्य स्थितीमा नकरात्मक असर गर्ने गर्दछ। बच्चाहरुले खेल्ने खेलौनामा पनि रंगिन हुने हुनाले रंगमा लेडको मात्रा नियन्त्रण गर्नु अति जरुरी रहेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ