arrow

मे ७ सम्म केजरीवाल हिरासतमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
kejariwal-arvind-cm-delhi-jail.jpg

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ ।

दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो । यसअघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म बढाएको थियो ।

उनलाई गत मार्च २२ मा ट्रायल कोर्टले छ दिनको हिरासतमा पठाएको थियो । त्यसपछि उनको हिरासतको समय थपिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ