arrow

काँग्रेस–माओवादी बैठक अनिर्णित हुँदा माओवादी हेडक्वार्टर बैठकनै सर्‍याे

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
maobadi-center-news-gg.jpeg

काठमाडौं । संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिने विषयमा सत्ताधारी मुख्य दुई दल काँग्रेस र माओवादी केन्द्रबीच सहमति नजुट्दा माओवादी केन्द्रको केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक नै सरेको छ ।

बैठक शनिबार बिहान ८ बजेपछि मात्रै बस्ने तय भएको पार्टी प्रवक्ता पम्फा भूषालले बताइन् । उनले भनिन्, ‘बैठकमा संविधान संशोधनका विषयमा पार्टीका सबै नेताको एउटै धारणा बनाउने र संशोधन प्रस्तावलाई अघि बढाउने विषयमा छलफल तय भएको थियो । अब शनिबार मात्रै हुन्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान करिब ३ घण्टा भएको दुई दलको छलफलमा संशोधनका विषयहरु सीमाङ्कन, भाषा, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्वबारे छलफल भएपनि प्रस्तावले अन्तिम रुप पाउन सकेन ।

सबै विषयमा धारणा एउटै भएपनि प्राविधि पक्ष मिलाउन अझै मसिनो गरी छलफल गर्ने भन्दै दुई दलका नेताहरु बैठकबाट उठेका थिए । यद्यपि, आन्तरिक छलफल र गृहकार्य जारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ