arrow

उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
nepal-qatar-business-01-12.jpg

काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । 

कतारका राजा शेख तमिम बिन हमद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरे । 

परिषदले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ । 

तीव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । 

खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरी पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ । 

परिषद स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् । 

‘यस सम्झौताले अगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने ।

यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदका मार्पmत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ’, महासंघका अध्यक्ष ढकालले भने । यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदको स्थापनापछि नेपालको जल विद्युत,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताए । 

यसैगरी महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले हस्ताक्षर गरे । 

उक्त सम्झौता पनि कतारका राजा थानी र नेपालका प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा नै भएको हो । 

महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् । 

 
                     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ