arrow

पार्किन्सन रोगः समस्या र निदान 

logo
डा राजु पौडेल, 
प्रकाशित २०८१ वैशाख १५ शनिबार
dr-raju-poudel-81-01-15.jpg

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अप्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाइने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तैअप्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमासमेत मनाउँदै आइएको छ । 

दिमागको भित्री भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरीर सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरीर फूर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तब पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाइन्छ ।
 
पार्किन्सन रोगका लक्षणहरुः 
पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाइन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा  कम्पन, कडापन सुस्तपना र हिँडाइमा समस्या आदि रहेका छन् । 

हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औँलाहरु काम्न शुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा बिरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौँ ।

यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमासमेत कठिनाइ उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । 

शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुःखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनै पनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ । 

यस्तै मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरुसमेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाब तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, भएको कुराहरु देख्ने वा कतिपय कुरा बिर्सने आदि हुन् ।
 
नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेको पाइन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७०० जनाको मृत्यु भएको पाइन्छ । 

उपचार विधि 
दिमागको भित्री भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ । 

यो रोग औषधि सेवनका कारण पूरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदि रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षण नि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना बिरामी ७०० को हाराहारीमा रहेका छन् । 

नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि रु १ लाख दिने व्यवस्था गरेको छ । (वरिष्ठ न्यूरोलोजिष्ट डा पौडेल  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ