arrow

पत्रकार बोहोराको अल्पायूमै निधन

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Karna-Bohora.jpeg
काठमाडौं । पत्रकार कर्ण बोहोराको शुक्रबार अल्पायूमा नै निधन भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष समेत रहेका बोहोराको राजधानीको वानेश्वर स्थित भेनस अस्पतालमा विरामी श्रीमतीको रेखदेख गर्न बसिरहेकै अवस्थामा निधन भएको हो । 
 
नेपालको सुदूरपश्चिम क्षेत्रमा बसेर लामो समयदेखि व्यवसायिक पत्रकारिता गरेका बोहोराको निधनले समग्र सुदूरपश्चिम शोकाकूल बनेको नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक लाल बहादुर ऐरीले जानकारी दिए । 
 
४० वर्षीय बोहोरा केही समयअगाडि देखि मुटुरोगबाट पीडित थिए । न्यूज २४ टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख समेत रहेका बोहोरा पश्चिम नेपाल दैनिकका सम्पादक एवं पश्चिम नेपाल रेडियोका सञ्चालक समेत हुन् । 
 
दुई दशक अधिदेखि पत्रकारिता गर्दै आएका बोहोराको स्थायी घर भने बझाङ हो । सुदूर पश्चिमाञ्चल क्षेत्रमा बसेर नेपाली पत्रकारिताको विकासमा अतुलनीय योगदान पु¥याएका बोहोराको निधनले सुदूरपश्चिमको पत्रकारिताले एक होनहार योद्दा गुमाएको छ । 
 
उनको पार्थिव शरीर अहिले पोर्ट पार्टमको लागि त्रिवि शिक्षण खस्पताल पु¥याईएको पनि ऐरीले जानकारी दिए । उनको परिवार आएपछि सम्भवतः शनिबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ