- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चीनले पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान शुरु गर्ने आश्वासन दिएको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै चीनका अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीका अध्यक्ष लुओले यस्तो बताएका हुन् ।
उनले एजेन्सीले जीसीसी फ्रेमवर्कमार्फत विश्वका विभिन्न देशमा विकास निर्माणमा ठूलो लगानी र सहयोग गर्दै आएको भन्दै उनले नेपालले चाहेको क्षेत्रमा सहयोग गर्ने बताए ।
उनले अहिले चीनले नेपालमा औद्योगिक पार्क र कृषि पार्कको क्षेत्रमा काम गरिरहेको बताए ।