- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेस अगाडि रहेको छ ।
छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रमा भइरहेको मतगणनामा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंह अगाडि रहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७४९२ मत ल्याएका छन् ।
२० हजार ३३ सदर मतमा एमालेका दमनबहादुर भण्डारीले ७२२८ मत ल्याएका छन् । दुवैबीच २६४ मतको फरक रहेको छ ।
माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा रहेका छन् । उनले २८९५ मत ल्याएका छन् ।
चौथो स्थानमा नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह रहेका छन् । सिंहले २१०२ मत ल्याउँदा राप्रपाका किशोरकुमार सिंहले १८२ मत मात्रै ल्याएका छन् ।
यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।