arrow

२३ हजार बढी मत गणना हुँदा बझाङमा अभिषेकको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
bajhang1-daman-abhishekh.jpeg

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
  
२३ हजार ३ सय ७३ सदर मत गणना हुँदा  नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । 

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । 

उनी पछि दोस्रो स्थानमा  एमालेका  दमनबहादुर भण्डारी रहेका छन् । भण्डारीले आठ हजार ६ सय १५ मत पाएका छन् ।

अभिषेक २५९ मतले दमनभन्दा अगाडि रहेका छन् । 

साथै  नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार २ सय १५ मत ल्याएका छन् । 

नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ३ सय १० मत प्राप्त गरेका छन् । 

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ