arrow

बझाङमा एमाले लाग्यो अघि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
bajhang1-daman-abhishekh.jpeg

काठमाडौँ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमाले झिनो मतले अगाडि लागेको छ । 

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारी नौ मतले अगाडि रहेका छन् । भण्डारीले नौ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् । 

यसअघि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह २५९ मतले दमनभन्दा अगाडि रहेका थिए । 

अभिषेकले नौ हजार आठ सय ८० मत प्राप्त गरेका छन् । 

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमालेको मत थपिएको हो । 

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेका छन् । 

हालसम्म २६ हजार २ सय १८ सदर मत गणना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ