- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन लगानी सम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर भएका छन् । निजी क्षेत्रबाट लगानी तथा सहजीकरण गर्ने सम्बन्धमा आज तीनवटा छुट्टााछुट्टै सम्झौता भएका हुन् ।
कपिलवस्तुमा होटल खोल्न हङकङको कम्पनीसँग सम्झौता
सोमबार साखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपिलवस्तुमा वेलनेस होटल सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई पक्षबीच १० करोड चिनियाँ युआन (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्नेगरी उक्त सम्झौता भएको हो ।
अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको उपस्थितमा दुई पक्षले उक्त सम्झौता आदान प्रदान गरे। उक्त होटल कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुने जनाइएको छ ।
राराको मुर्माटपमा अष्ट्रेलियन कम्पनीले होटल खोल्ने
उता नेपालकै चर्चित पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले छायाँनाथ रारा गाउँपालिकास्थित मुर्मा टपमा उक्त लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको हो । लगानी सम्मेलन अन्तर्गत सोमबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्। उक्त होटल ८० रोपनी क्षेत्रफल खुल्नेछ । रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी जनाइएको छ ।
चिनियाँ लगानी भित्र्याउन सहजीकरण सम्झौता
सोमबार नै नेपालमा चिनियाँ लगानी भित्र्याउन निजी क्षेत्रले सम्झौता गर्नेगरी अर्को सम्झौता भएको छ । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन र चीनको एमएबीसी इन्भेस्टमेन्टबीच तथा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनीबीच छुट्टाछुट्टै समझदारी भएको हो। नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।