arrow

आरामरत सरकार झक्झक्याउँदै

सरकारसँगको सम्झौता कार्यान्वयन नभएपछि अपांगता अधिकारकर्मी भोक हड्तालमा

भण्डारीको स्वास्थ कमजोर, भन्छन् – ‘गाँस र बासको चाँजोपाँजो मिलाउन सडकमा भिख माग्न बाध्य भएको छु’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
dipak-bhandari-disabled-81-.jpg

काठमाडौँ । सरकारसँगको सम्झौता कार्यान्वयन नभएपछि अपांगता अधिकारकर्मी दीपक भण्डारीले अनसन गरिरहेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि भण्डारी मंगलबारदेखि भोक हड्तालमा बसेका हुन् । 

स्पाइनल कर्ड नामक अपांगता भएका व्यक्तिहरुलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्थाको लागि मन्त्रालय र अपांगता भएका व्यक्तिको समूहबीच चैत १४ गते सहमति भएको थियो । उक्त सहमति एक महिना भित्रसमेत कार्यान्वयन नभएपछि अनसन बस्न बाध्य भएको भण्डारी बताउँछन् ।

मंगलबारदेखि अनसन शुरु गरेका भण्डारीले बुधबारसम्म सरकारी निकायबाट कुनै पनि प्रतिक्रिया प्राप्त नभएको बताए । 

अनसन सुरु गर्नुअघि उनीहरुले सहमति कार्यान्वयनबारे मन्त्रालयसँग जानकारी माग गरेको थियो । मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाएको भन्दै अघिल्लो बिहीबार निर्णय हुने बताएको थियो तर सोमबार बुझ्दा अर्थ मन्त्रालयबाट सहमति नआएकोले जनाएको भण्डारी बताउँछन् ।

काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा दोस्रो आमरणमा रहेका उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाइएको छ । 

अब पनि माग सुनुवाइ नभए ‘गाँस र बासको चाँजोपाँजो मिलाउन सडकमा भिख माग्न बाध्य भएको छु’, भन्ने ब्यानर बनाएर घरघरमा आर्थिक सहयोग माग्दै हिँडेर सरकारलाई नैतिक दबाब दिने उनीहरुको तयारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ