arrow

एसिया कप महिला टी–२० क्रिकेटमा नेपालको खराव सुरुवात

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
acc-woman-t-20.jpeg
बैंकक । थाइल्याण्डको बैंककमा सुरु भएको एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले खराव सुरुवात गरेको छ । नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा अलआउट हुँदै ४७ रन बनाउन सक्यो । कप्तान रुबिना क्षेत्रीले ३३ बलको सामना गर्दै ११ रन जोड्नु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् ।
 
नेपालले अतिरिक्त १० रन दोस्रो उच्च योगफलका रुपमा पायो । त्यसैगरी इन्दु वर्मा र ज्योति पाण्डेले समान ८–८ रन जोड्दा करुणा भण्डारीले ६ रन जोडिन् । पाकी खेलाडी नीरा राजोपाध्यायले खेल्ने अवसर पाए पनि केवल २ रन जोड्न सकिन् । नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका अनाम अमिन, आना मीर र सादिया युसुफले २–२ विकेट लिए । 
 
जवाफमा ४८ रनको झिनो चुनौती पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । एक विकेट पनि नेपालले रन आउट गरेर हासिल गरेको थियो । नेपालको बलिङ्ग राम्रो छ भन्ने गरिए पनि यो पहिलो खेल भने बिर्सनयोग्य नै भयो । 
 
प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ