arrow

आजदेखि जयनगर–जनकपुर–भंगहा रेल बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
train-malbahak-.jpg

जनकपुर । आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको छ । भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको हो ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा शनिबार जारी सूचनामा जनाइएको छ । 

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । 

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ