arrow

संशोधन प्रस्ताव मधेसी मोर्चाले मान्नुपर्ने – शेरबहादुर देउवा

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
serus.jpeg
वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा एमालेले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे । 
 
एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए । 
 
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आइतबार संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे । 
 
उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताए । 
 
पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ