arrow

कमल थापा सर्वसम्मत संसदीय दलको नेता चयन

राप्रपाका पूर्व संसदीय दलका नेता दीपक बोहरा उपनेता

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
K-thapa-new-ss.jpeg

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन् । आइतबार सिंहदबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा भएको नेता चयनको निर्वाचनमा थापा सर्वसम्मत चयन भएका हुन् ।

दलको उपनेतामा राप्रपाको पूर्व संसदीय दलको नेता दीपक बोहरा निर्विरोध चयन भएको केन्द्रीय कार्यसम्पादन सदस्य दिलनाथ गरीले जानकारी दिए । बोहरा अहिले श्रम मन्त्री पनि छन् ।

गिरीका अनुसार शीर्ष नेताहरु बसेर संसदीय दलको प्रमुख सचेतक र अन्य सदस्यहरुको टुंगो लगाउने सहमति समेत भएको छ ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि संसदीय दलको नेता चयन गर्न संसदीय दलको बैठक बसेको हो । दीपक बोहराले अध्यक्ष थापालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरे । बोहराको प्रस्तावमा सांसदहरूले समर्थन जनाए ।

थापा यसअघि राप्रपा नेपालको पनि संसदीय दलका नेता थिए । राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम ‘राप्रपा’ राखिएको भने एकतापछि संसदमा ३७ सिट भएको छ । राप्रपाले कसैले नयाँ सरकारका लागि प्रस्ताव ल्याए तयार हुने नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ