मन्त्रिपरिषद् बैठक बस्यो

प्रकाशित मिति : २०७३ मङ्सिर १२ आइतबार
फाइल : तस्वीर

काठमाडौं । संविधान संशोधन प्रस्ताव पारित, संसदमा दर्ता गर्ने नगर्ने टुंगो लगाउने लगायत निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले आइतबार (आजै) प्रस्ताव दर्ता गर्ने नगर्ने विषयको टुंगो लगाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकाले अन्य विषयमा पनि छलफल हुने आचार्यले बताए । शुक्रबार बस्ने भनिएको बैठक मुख्य एजेण्डा संविधान संशोधन प्रस्तावमा सत्ताधारी सबै दलको एउटै मत आउन नसकेपछि सहमति गर्न भन्दै आइतबार सारिएको थियो ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ