arrow

‘अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समिति’ गठन

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
Sangarshasamiti.jpeg
बुटवल । प्रदेश नम्बर ५ का जिल्लाहरुलाई कुनै हालतमा अलग हुन नदिने भन्दै बुटवलमा दबाब समिति गठन गरिएको छ । शनिबार बुटवलमा भएको नागरिक समाज र युवाहरुको भेलाले ‘अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समिति’ गठन गरिएको हो । भेलाले विष्णु पोखरेललाई संयोजक तोकेको छ ।
 
 सरकारले प्रदेश ५ का गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान संसोधन प्रस्ताव ल्याउन लागेकाले त्यसको सशक्त विरोध गर्ने निर्णय गर्दै दबाबमुलक कार्यक्रम पनि सार्वजनिक गरेको छ । जस अनुसार भोली आइतबार बुटवलका विभिन्न चोकमा कालो झण्डा र व्यानर टांग्ने, ३ बजे पुष्पलाल पार्कमा विरोध प्रदर्शन र कोण सभा गर्ने कार्यक्रम तय भएको छ । 
 
त्यसै गरी पर्सी सोमबार स्थानीय प्रशासन मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउने तय गरिएको छ । समितिले विभिन्न संघसंस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अलग गर्ने गरी संसोधन दर्ता भए कडा भन्दा कडा कार्यक्रम गर्ने विष्णु पोखरेलले जानकारी दिए ।  
 
भेलाले विक्रम केशीको संयोजकत्वमा आर्थिक उपसमिति बनाएको छ । आरपी पंगेनीको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरिएको छ । सो उपसमितिको सह–संयोजकमा विकास गौतम र सरोज कंडेल तथा सचिवमा ऋषि भण्डारीलाई तोकीएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ