arrow

‘प्रहरी प्रभागमा अनसन बसेकाहरु उठे’ र भने–माफियाको अर्को नाम तीर्थ खनियाँ र धनिराम !

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
pagalharu-ko-birod-new.jpeg

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनियाँको निवासमा प्रदर्शन गर्न जाँदा पक्राउ परेका डा. गोविन्द केसी समर्थकहरुले अनसन तोडेका छन् ।

आफुहरुलाई पक्राउ गरेको कारण देखाउन भन्दै पक्राउ परेकाहरुले कालिमाटीको प्रहरी प्रभागमै शनिबार साँझ अनसन थालेका थिए । उनीहरुले आफुहरुलाई पक्राउ गरेको कारण नखुलाएसम्म अनसन नतोड्ने अडान राखेकामा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले लिखित कारण दिएपछि अनसन तोडेको आन्दोलनरत विवेकशील नेपाली दलले जनाएको छ ।

शनिबार केसीको माग पूरा गर्न दबाब दिन भन्दै त्रिवि उपकुलपति तीर्थ खनियाँको निवास जाँदै गर्दा सोलिडियारिटी फर डा. गोविन्द केसी अलायन्स र विवेकशील नेपाली दलका ३१ जनालाई प्रहरीले पक्राउ गरी कालिमाटी स्थित प्रभागमा राखेको थियो ।

प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको घर घेर्न गएकाले पक्राउ गरिएको जनाएको छ । १५ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य भने निकै खस्केको छ । यस्तै, सरकारले केसीसंग वार्ता गर्नका लागि  शनिबार वार्ता टोली गठन गरेको छ ।
डा केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरु समेत आन्दोलनमै छन् ।
 

त्रिवि उपकुलपति कार्यालय अघि प्रदर्शन
सोलिडियारिटी फर डा. गोविन्द केसी अलायन्सले आइतबार बिहान त्रिवि उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनकारीले माफियाको अर्को नाम, तिर्थ खनियाँ र धनिराम, डा. केसी एक्लो छैनन्, हामी तिम्रो साथ छौँ, तीर्थ खनियाँ राजिनामा दे ! लगायतका नाराहरु लगाएका छन् ।

डा. केसीले आफ्नो माग  विपरीत उपकुलपति खनियाँले डिन नियुक्त गरेको भन्दै डिन नियुक्ति खारेज गर्न र कुलपतिलाई राजीनामा दिन भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ