arrow

पार्टी विभाजन असंवैधानिक भन्दै अदालत जाने उपेन्द्रको तयारी [भिडियो]

अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
upendra-yadhav-01-26.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन् । पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढङ्गले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताएका हुन् । पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाए । 

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौती दिने अध्यक्ष यादवको भनाई थियो । उनले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताए । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको र त्यो कसरी अगाडि बढ्छ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए ।

उनले भने, ‘गैरकानूनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । र त्यो प्रमाण पत्र दिएको यहाँहरूले हेर्नु भएको छ । नेपालको इतिहासमा यति छिटो प्रमाण पत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन, मुद्दामा फरक छैन । अब व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्ने हो भने सांसद बनेका छन् । मन्त्री बनेका छन् । अब त्यहाँ भन्दा बढी बनाउने त हामीसँग क्षमता छैन । नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेको छ । ती मुद्दाहरूलाई धरापमा पार्ने, सङ्घीयतालाई धरापमा पार्ने गरी पार्टी विभाजन गर्‍यौँ भन्ने छ । किन गर्‍यौँ भन्दा कुनै तर्क छैन । पार्टी विभाजन गरिएको जुन घोषणा भयो । र दर्ता गरे । त्यो असंवैधानिक छ । त्यसमा हामी कोर्टमा चुनौती दिन्छौँ लिगल । र सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले चाहिँ त्यो भ्रमलाई जुन भ्रम फैल्याइएको थियो । कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ । त्यो अत्यन्त कपोलकल्पित, बेसलेस कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति जसपाको अहिले निरन्तर समर्थन छ । हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । हाम्रो समर्थन यथावत् नै छ । र यो रहन्छ । अब यसपछि परिस्थिति कसरी निर्भर रहन्छ ? त्यसमा भर पर्छ ?’

अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दाबी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ