arrow

रोल्पामा १ लाख १६ हजारले मात्र मतदाता नामावली दर्ता, अझै धेरै छुटे

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा) । जिल्ला निर्वाचन कार्यालय रोल्पाको तथ्यांक अनुसार कार्यालयको मतदाता नामावलीमा हाल सम्म १ लाख १६ हजार ५ सय ३१ जनाले आफ्नो नाम दर्ता गराइ सकेका छन् । विगतका वर्षदेखि २०७१/०७२ आषाढ मसान्तसम्म महिला ५६ हजार ९ सय ४७ र पुरुष ५१ हजार ३ सय २४ गरी जम्मा १ लाख ८२ हजार ७१ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका थिए ।
 
यसैगरी  आर्थिक वर्ष २०७२/०७३ को आषाढ मसान्त सम्म महिला २ हजार ६ सय ५६ जना र पुरुष ४ हजार १ सय ४ जना गरी ६ हजार ७ सय ६० जनाले आफ्नो नाम दर्ता गराइसकेको तथ्यांकमा उल्लेखे छ । यस्तै आर्थिक वर्ष २०७३/०७४ को पहिलो चौमासिकमा महिला पुरुष दुबै गरी करिव १५ सय जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन् । यसरी जिल्लामा हाल सम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनेहरुको संख्या १ लाख १६ हजार ५ सय ३१ पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायव सुब्बा मानबहादुर कुँवरले जानकारी दिए ।
 
उनका अनुसार मतदाताहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रोल्पामा डेस्क खडा गरी नामावली दर्ता गर्ने काम भइरहेको छ । मतदाता नामावलीमा सबै मतदाताहरुको नाम समावेश गर्नका लागि आफूहरु प्रयत्नशील रहेको बताउदै कुँवरले यसका लागि मतदाताहरु पनि स्वयं जागरुक बन्नु पर्नेमा जोड दिए ।  
 
यसरी नाम दर्ता गराउन छुटेका मतदाताहरुलाई मतदाता नामावलीमा नाम समावेश गराउनका लागि निर्वाचन आयोगबाट निर्देशन प्राप्त भएपछि कार्यालय मार्फत जिल्लाका दुबै निर्वाचन क्षेत्रहरुमा पुगी मंसीर मसान्त देखि मतदाता नामावली संकलन तथा अद्यावधिक काम संचालन हुनेछ । साथै साबिकको मतदाता नामावलीमा रहेका त्रुटिहरु सच्याउने प्रयोजनका लागि दावी बिरोध कार्यक्रम समेत संचालन हुन सक्ने भएको समेत उनले बताए ।
 
विक्रम संबत् २०६८ सालको जनगणना अनुसार जिल्लाको कूल जनसंख्या २ लाख २१ हजार १ सय ७७ रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ