arrow

पाँच अर्बको नागरिक बचतपत्रमा आवेदन खुल्यो, ब्याज ८ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
nepal-rastra-bank-nrb-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रको आवेदन खुला गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबारदेखि यस्तो बचतपत्रको बिक्री खुला गर्न लागेको जनाएको हो । 

उक्त बचत पत्रका जोकोही सर्वसाधारणले आवेदन गर्न पाउँछन् । आवेदकले १० हजारदेखि बढी जति पनि रकमका लागि आवेदन दिन पाउने उल्लेख गरिएको छ । 

उक्त बचतपत्रको ब्याजदर ८ प्रतिशत तोकिएको छ । ५ वर्ष अवधिको यो बचतपत्रको परिपक्व अवधि २०८६ रहेको छ । बचतपत्रमा लगानी गर्नेले अर्धवार्षिक रुपमा ब्याज पाउने कार्यालयले जनाएको छ ।

सरकारले बजेटका उल्लेख गरेबमोजिम आन्तरिक ऋण उठाउने औजारस्वरुप यस्तो बचतपत्र खुला गरेको हो । केही दिनअघि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको आवेदनसमेत खुला गरेको थियो । यसमा विदेशमा बस्ने नेपालीले आवेदन दिन पाउने उल्लेख गरिएको थियो । 

वैदेशिक रोजगार बचतपत्रका ९ प्रतिशत ब्याज अफर गरिएकोमा नागरिक बचतपत्रका लगानीकर्तालाई एक प्रतिशत विन्दु कम ब्याजदर तोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ