arrow

भारत नेपालको विकासको भरपर्दो साझेदार : पियुष गोयल

logo
एजेन्सी,
प्रकाशित २०८१ वैशाख २ आइतबार
piyush-goyal-indian-leader.jpg

नयाँ दिल्ली। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालको विकासमा भारत सधैँ भरपर्दो साझेदार रहेको बताएका छन्। तेस्रो नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै पियुष गोयलले भिडियो सन्देशमा नेपाल र भारतबीच बलियो सम्बन्ध रहेको र विकासमा भारत सधैँ भरपर्दो मित्र रहेको बताए।

गोयलले नेपाल र भारतको सिमाना मात्र नभएर गहिरो जरा बोकेको मित्रता र समृद्ध भविष्यको दृष्टि रहेको पनि दोहोर्‍याए। लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा लगानी गर्न भारतीय कम्पनीहरूलाई प्रोत्साहन गर्ने आश्वासन दिएका थिए।

आइतबार काठमाडौँमा तेस्रो नेपाल लगानी शिखर सम्मेलन २०२४ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रीवास्तवले भारतबाट नेपालमा लगानी प्रवर्द्धन गर्नाले व्यापार सुविधा मात्रै नभई व्यापारका अवसरहरू पनि सृजना हुनेमा जोड दिए। उनले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन नेपालले भारतमा विद्युत् निर्यात गर्नुको महत्त्व औँल्याए।

उनले आगामी दिनमा नेपालमा लगानी बढाउन भारतको प्रतिबद्धता दोहोर्‍याए। उनले नेपाल र भारतबीच एकीकृत जाँच चौकी स्थापना, सीमा पार विद्युत् प्रसारण सुविधा, ऊर्जा व्यापारलगायत विभिन्न क्षेत्रमा सक्रिय सहकार्य भइरहेको बताए।

श्रीवास्तवले भने, “यो ठूलो सन्तुष्टिको कुरा हो कि भारत आज नेपालको सबैभन्दा ठूलो सञ्चिति लगानीकर्ता भएकोमा नेपालको ३३ प्रतिशतभन्दा बढी एफडीआई स्टक हाल झन्डै ८९ अर्ब नेपाली रुपैयाँ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ