arrow

छानबिन समिति नबन्दासम्म अब संसद अगाडि बढ्दैन – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
gagan-thapa-81-01-28q.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीको ठगीका विषयमा संसदले छानबिन समिति बनाओस् भनेका छन् । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यदि गल्ती गरेको छैन भने गृहमन्त्री रवि लामिछानेको बारेमा छानबिन हुन किन डराउने ? भनी प्रश्न गरेका छन् । 

उनले महान्यायाधीवक्ताको कार्यालयले झुठो बोलेको भन्दै यस्ता गलत प्रमाणहरु दिएर रवि लामिछानेलाई चोख्याउन नसकिने उनले बताए । 

उनले यो संसदभित्र प्रमुख प्रतिपक्ष दलले छानबिन समिति बनाउन माग गरिसकेपछि सरकार ढुक्कले चार वर्षले चलाउनुस् हामीलाई गलत सावित गरिदिनुस् भन्दा पनि किन डराएको भन्दै प्रश्न गरे । 

आफूहरुले माग गर्दा आफूहरुलाई हेप्न खोज्ने ? भन्दै गगन थापाले सदन अब छानबिन समिति नबन्दासम्म संसद अगाडि चल्न नदिने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ