arrow

जिल्ला प्रशासनभित्रै भेटिएको बम निष्क्रिय

विष्फोटक नष्ट गर्ने क्रममा २ सेना र ३ प्रहरी घाइते, गोइत समूहले लियो जिम्मेवारी

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
bomb-saptari-news.jpeg

काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालयभित्र भेटिएको बम सेनाले निष्क्रिय पारेको छ । कार्यालयको इन्भटर राखेको ठाउँमा दिउँसो फेला परेको बम नेपाली सेनाको टोलीले साढे ५ घन्टापछि निष्क्रिय पारेको सप्तरी प्रहरी प्रमुख दिवेश लोहनीले बताए ।

झोला भित्र ३ लिटरको प्रेसरकुकर बम भेटिएको लोहनीले हाम्राकुरालाई बताए । सेनाले बम निष्क्रिय पारिसकेपछि बाँकि रहेका सरसामान जलाउने क्रममा बारुदले जल्दा दुई सेना र ३ प्रहरी घाइते भएका छन् । घाइतेहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको एसपी लोहनीले बताए ।

नेपाल प्रहरीका हवलदार कणीबहादुर बिक, जवानद्वय राजेश तामाङ र बिनोद राजवंसी तथा नेपाली सेनाका जवान चन्द्रप्रकाश गुरुङ घाइते भएका हुन् ।  जिल्ला प्रशासन कार्यालयमा बम रहेको हल्ला भएपछि कार्यालयमा काम गरिरहेका कर्मचारी तथा सेवाग्राही त्रसित भएका थिए । बम निष्क्रिय पार्न कृष्ण दल गणका सह–सेनानी आशिष तामाङको नेतृत्वमा टोली खटिएको थियो ।   

जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय संयोजक जयकृष्ण गोइतले संचारकर्मी विज्ञप्ती पठाएर आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बम राखेको  जिम्मेवारी लिएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख लोहनीले बताए । लोहनी केही दिन अघि मात्रै केन्द्रीय अनुसन्धान ब्यूरोबाट सरुवा भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ