arrow

कसैलाई उपप्रधानमन्त्री बनाएर संविधान संशोधन गर्न खोज्नु घातक : गच्छदार

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
gachhadar-new-conve....jpg.jpeg

विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले  बहुमतका लागि  कसैलाई उप–प्रधानमन्त्री बनाएर संविधान संसोधनगर्न खोजिए त्यो मुलु कका लागि घातक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छदारले संविधान संसोधनका लागि मुख्य दलहरुको सहमति आवश्यक रहेको बताए ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेकोप्रति संकेत गर्दै गच्छदारले कुनै दल विशेषलाई  सरकारमा सहभागि गराएर बहुमतीय आधारमा संविधान संसोधन गर्न खोज्नुु भनेको मुलुकमा राजनीतिक मुठभेड निम्त्याउनु हो–भने ।

अध्यक्ष गच्छदारले एमालेलाई सहमतिमा ल्याएर मात्र संविधान संशोधन प्रकृया अघि बढाउनुपर्ने बताए । उनले मधेशी मोर्चाले संविधान संशोधनका विषयमा ठोस प्रस्ताव ल्याउन नसकेको सुनाए ।

गच्छदारले भने, ‘मधेशी मोर्चाले संविधान संशोधनका लागि प्रष्ट धारणा समेत बनाउन सकेको छैन जसका कारण मोर्चाले मधेशी जनतामा गोल मटोल कुरा गरेर अन्योल सृजना गरेको छ । सीमाङ्कनका विषयमा विवादित पाच वटा जिल्लामा मधेशी मोर्चाको धारणा के हो ? त्यो आउन सकेको छैन ।’

गच्छदारले संविधान संसोधनका विषयमा सरकार तथा मधेशी मोर्चा दुबैले ठोस अवधारण ल्याउन नसकेको ठोकुवा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ