arrow

५ नम्बर प्रदेश टुक्र्याउन खोजे काँग्रेसले आन्दोलन गर्ने

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
Congres-FNL.jpg.jpeg

कपिलवस्तु  । नागरिकको भावना विपरीत ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजे आन्दोलनमा उत्रने नेपाली काँग्रेसका नेता कार्यकर्ताले चेतावनी दिएका छन् ।

पार्टीका अगुवा कार्यकर्ताले आइतबार बाणगङ्गा नगरपालिकाको जितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिकको मागबिना नै संशोधन प्रस्तावमार्फत ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोज्नु मुलुककै लागि दुर्भाग्य हुने बताए ।

मधेसी समुदायले समेत पहाडी जिल्ला अलग्याउनु पर्ने माग नराखेको अवस्थामा प्रदेश टुक्र्याउन खोजे आन्दोलन गर्ने नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव अनिल घिमिरेले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ