arrow

केयुमा अर्को फण्डा : सरकारी नियम विपरीत विदेशी विद्यार्थी भर्ना गर्ने निर्णय

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
ku-ghotala.jpeg

काठमाडौं । काठमाडौं युनिभर्सिटी केयुले एमबीबीएस र बीडीएसमा नेपाल सरकारको निर्णय विपरित विदेशी विद्यार्थी भर्ना गर्ने निर्णय गरेको खुलेको छ ।

नेपाल सरकारले लागू गरेको नियम अनुसार विदेशी विद्यार्थीले समेत अनिवार्य रुपमा नेपालको प्रवेश परीक्षा पास गर्नु पर्ने हुन्छ । २०७२ भदौ १५ गते संसदको सामाजिक न्याय समितिले विदेशी विद्यार्थीको पनि अनिवार्य रुपमा नेपालमै प्रवेश परीक्षा लिइनुपर्ने निर्णय गरेको छ । यद्यपि, नियम विपरीत केयूले आफू अन्तर्गतका मेडिकल कलेजलाई भर्ना लिन परिपत्र गरेको फेला परेको छ ।

विदेशी विद्यार्थीबाट महंगो शुल्क असुल्न पाउने भएकाले निजी मेडिकल कलेजको आर्थिक प्रलोभनमा केयु प्राज्ञिक परिषद्ले यस्तो निर्णय गरेको बताइँदैछ ।   केयु प्राज्ञिक परिषद्को मंसिर १२ गते(आइतबार) बसेको बैठकले यो निर्णय गरेको हो । परिषद्को बैठकले अनुसार केयु स्कुल अफ मेडिकल साइन्सेजले नेपालको प्रवेश परीक्षा सम्मिलित नभएका विद्यार्थीलाई पनि भर्ना लिन आफू अन्तर्गतका कलेजलाई पत्र पठाएको छ ।

पत्रमा भनिएको छ, ‘काठमाडौं युनिभर्सिटी प्राज्ञिक परिषद्को मंसिर १२ गते केयुएमईटी (केयुको इन्ट्रान्स परीक्षा)मा बाहेक आफ्नै देशमा मेडिकल अध्ययन गर्ने प्रवेश परीक्षा पास गरेको प्रमाण पत्र वा मेडिकल अध्ययन गर्न अन्तर्राष्ट्रिय रुपमा स्थापित परीक्षालाई समेत मान्यता दिएको हुँदा उक्त निर्णय कार्यान्वयनका लागि परिपत्र गरिएको छ ।’

स्कुल अफ मेडिकल साइन्सेज केयुका डिन डा.नरेन्द्र बहादुर राणाले  हस्ताक्षर गरेको परिपत्र अनुसार केयुको प्रवेश परीक्षामा सहभागि  नभएका विदेशी विद्यार्थी पनि एमबीबीएस र बीडीएस पढ्न पाउने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ