arrow

सरकार जगाउँदै पीडितहरु

सरकारले सुन्ने र देख्ने गरी अपांगता भएकाहरुको र्‍याली [फोटोफिचर]

सरकारले सहमति पूरा नगरेपछि १३ दिनदेखि दीपक भण्डारी अनसनरत, दबाब दिन जागे अपांगता भएकाहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
disabled-rally-81-1-30-(15).jpg

काठमाडौँ । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले आइतबार काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्‍याली निकालेका छन् । 

शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा १३ दिनदेखि अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । 

चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । 

यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन थालेका हुन् । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठका अनुसार आइतबार ४५ मिनेट चक्काजाम भएको छ । उनले रत्नपार्क नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि ५ मिनेट र भद्रकालीमा ४० मिनेट गरी ४५ मिनेट चक्का जाम गरिएको बताए ।

उनले सोमबार पत्रकार सम्मेलन गर्ने र बुधबार अलि ठूलो र्याली निकाल्ने पनि बताए । आइतबारको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ, बौद्धिक अपांगता अभिभावक महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लगायतको ऐक्यवद्धता रहेको थियो । 

ती संस्थाका अध्यक्षहरुले विचार राख्दै माग पूरा नभएसम्म आन्दोलन अगाडि बढाउन एकजुट भएको बताए । 

त्यस्तै अनसनरत दीपक भण्डारीको जीवनरक्षाको माग राखेरसमेत आन्दोलन गरिएको श्रेष्ठले बताए । उनले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन् । 
 


 

disabled-rally-81-1-30 (1).jpg
disabled-rally-81-1-30 (2).jpg
disabled-rally-81-1-30 (3).jpg
disabled-rally-81-1-30 (4).jpg
disabled-rally-81-1-30 (5).jpg
disabled-rally-81-1-30 (6).jpg
disabled-rally-81-1-30 (7).jpg
disabled-rally-81-1-30 (8).jpg
disabled-rally-81-1-30 (9).jpg
disabled-rally-81-1-30 (10).jpg
disabled-rally-81-1-30 (11).jpg
disabled-rally-81-1-30 (12).jpg
disabled-rally-81-1-30 (13).jpg
disabled-rally-81-1-30 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ