arrow

महामन्त्री थापा र नेता कोइरालाबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
gagan-shekhar-81.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ । दुवै नेताहरुबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको हो ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ । भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ